Tuesday, December 12, 2017

सुजताको कांग्रेस सभापतिमा उम्मेद्वारी दिने घोषणा

प्रकाशित मिति: 2016/01/28

नेपाली कांग्रेसको १३ महाधिवेशनमा सभापति पदको लागि नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले उम्मेदवारी दिने औपचारिक घोषणा गर्नुभएको छ । उहाँले आफ्नो उम्मेद्वारी सभापति सुशील कोइरालाको सहमतिमा भएको समेत बताउनुभएको छ ।

बिहीवार विराटनगरमा प्रेस युनियन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा नेतृ कोइरालाले पार्टीलाई सुदृढ बनाउन र युवाहरुलाई आर्थिक विकासमा सहभागि गराउन सभापतिमा उम्मेदवारी दिन लागेको जानकारी दिनुभयो ।

उहाँले आफ्नो उम्मेदवारीमा सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको समेत सहमति रहेको जिकिर गर्नुभयो । उहाँले नेतृत्वका लागि सधै प्रतिस्पर्धा आवश्यक भएको बताउदै हारे पनि जिते पनि आफ्नो उम्मेदवारी कायम रहने जानकारी दिनुभयो ।
नेतृ कोइरालाले अहिले मुलुकको स्थिति संकटग्रस्त रहेकाले सबै राजनैतिक दलहरु बीच सहकार्य र एकता आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले अहिले सरकार परिवर्तन गरिहाल्नुपर्ने स्थिति नरहेकाले सरकारलाई सहयोग र सुझाव दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

तपाईंको बिचार