Wednesday, November 22, 2017

केपीले छाने अनेरास्वयुको अध्यक्षमा नबिना, माधव पक्ष गृहकार्यमै

प्रकाशित मिति: 2016/02/01

माघ १८, काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको राष्ट्रिय सम्मेलनका लागि संस्थापन पक्षले नविना लामालाई अध्यक्षको उम्मेदवारका रुपमा छानेको छ । केपी ओली पक्षले वर्तमान महासचिव नविना लामालाई अगाडि सारेको हो । त्यस्तै महासचिवमा ऐन महर र उपाध्यक्षमा रश्मि आचार्य, महेश बर्तौला, शैलेश लामा र सुनिता बराललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । अन्य कार्यसमितिको भने नाम सार्वजानीक गरिएको छैन् ।

त्यस्तै अध्यक्षको उम्मेदारमा छनौटका लागि माधव नेपाल पक्ष भने आन्तरिक गृहकार्यमा छ । गोप्य सूचना अनुसार माधव पक्षबाट दीप गौतमलाई नै उम्मेदवार बनाउने लगभग निश्चित भइसकेको छ । अनेरास्ववियुको माग २७ गते देखि राजधानीको भृकुटीमण्डपमा हुने राष्ट्रिय सम्मेलनले नयाँ नेतृत्व समेत चयन गर्नेे छ ।।

 

तपाईंको बिचार