Thursday, October 19, 2017

राजेन्द्र महतो वीरगञ्ज नाका खोल्ने कसरतमा

प्रकाशित मिति: 2016/02/04

माघ २१, रौतहट । सद्‍भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले महिनौंदेखि बन्द रहेको वीरगन्ज नाका तत्काल खुल्ला गर्नुपर्ने बताएका छन्।

मधेस आन्दोलनप्रति समर्थन जुटाउन दुईदिने भारतको बिहार भ्रमणबाट फर्किएका महतोले नाकाबन्दीका कारण जनताले मात्र दुःख पाइरहेको बताउँदै नाका खोल्न मोर्चाका अन्य नेतालाई आग्रह गरेका छन्।

देशको अन्य प्रमुख नाका पूर्णरुपमा खुल्ला भइसकेको बताउँदै महतोले वीरगन्ज नाका किन बन्द गर्नुपर्यो भन्ने प्रश्र्न गरे । नाका केन्द्रित भएरै आन्दोलन गर्ने हो भने सबै नाका बन्द गर्नपर्ने उनको भनाई थियो। वीरगन्ज नाकामात्र खुल्ला गरेर केही नहुने उनले बताए।

महतोले सरकारमाथि कुनै दबाब सिर्जना गर्न नसकेको स्वीकारे। ‘सरकार हाम्रो मागप्रति गम्भीर छैन। वीरगन्ज नाकाले पनि सरकारलाई कुनै दबाब भएन। वीरगन्ज नाका बन्द गरेर जनतालाई मात्र दुःख भइरहेको छ,उनले  भने। आन्दोलनका कारण तराई मधेसका जनता बढी पीडित बनेकाले आनदोलनको स्वरुप परिवर्तन गरेर जाने उनको भनाई थियो।

उनले मधेसीहरुको माग दिल्लीभन्दा युपी बिहारले सजिलै बुझ्नेगरेको बताए। “मधेसको विषयमा युपी बिहारले जति सजिलै बुझछ, दिल्लीले बुझ्दैन” उनले भने। मधेसी मोर्चाको आगामी बैठकमा नाकाबन्दी र स्वरुप परिवर्तनको विषयमा विस्तृत रुपमा छलफल हुनेछ।

तपाईंको बिचार