Thursday, March 30, 2017  |    

बुधबार सार्वजनिक विदा दिने सरकारको निर्णय, कोइरालको निधनले स्तब्ध बनाएको निष्कर्ष

प्रकाशित मिति: 2016/02/09

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधनमा शोक मनाउन सरकारले माघ २७ गते बुधबार सार्वजनिक विदा दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले बुधबार विदा दिने निर्णय गरेको हो। कोइरालको पार्थिक शरिर विद्युतीय शवदाहगृहबाट गर्ने तयारी भईरहेको छ ।

त्यस्तै माघ २६ देखि २८ गतेसम्म नेपालभरका सरकारी कार्यालयहरु, विदेशमारहेका दूतावास र नियोगको कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि सरकारले गरेको छ। माघ २६ देखि २८ गतेसम्म कुनै सार्वजनिक कार्यक्रम नगर्ने र माघ २८ र २९ गते परराष्ट्र मन्त्रालय, विदेशमा रहेका दूतावास र नियोगमा शोकपुस्तिका राख्ने निर्णय गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
 
सरकारले कोइरालाको निधनप्रति दुख ब्यक्त गर्दै उनको आत्माको चीर शान्तिको कामना गरेको छ। त्यस्तै उनको अन्त्येष्टी राजकीय सम्मानका साथ गर्न तोप र सलामी तथा अन्य ब्यवस्था रक्षा र गृह मन्त्रालयले मनाउने निर्णय गरेको छ।  

कोइराला प्रति मन्त्रिपरिषदको ६ निर्णय

१.  नेपालको लोकतान्त्रिक आन्दोलनका योद्धा, वरिष्ठ राजनीतिज्ञ, पूर्व प्रधानमन्त्री, नेपाली कांग्रेसका सभापति एवं व्यवस्थापिका संसदका प्रमुख प्रतिपक्षी दलका नेता श्री सुशील कोइरालाको २०७२ माघ २६ गते बिहान ०।५० बजे ७८ वर्षको उमेरमा भएको दुःखद् निधनबाट नेपाल सरकार स्तब्ध भएको छ। यस दुःखद् घडीमा नेपाल सरकार दिवंगत कोइरालाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चीर शान्तिको कामना गर्दछ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा लामो समय उहाँले निर्वाह गर्नुभएको भूमिका सदैव स्मरणीय रहनेछ। आजीवन राष्ट्र, जनता, नागरिक स्वतन्त्रता र लोकतान्त्रिक मूल्य मान्यताका हिमायती कोइरालाले नेपालको संविधान निर्माणमा पुर्‍याउनुभएको अतुलनीय योगदान नेपाल    र नेपालीले सदैव सम्झिरहने छन्।

नेपाल सरकार दुःखको यस घडीमा शोक सन्तप्त परिवारजन, आफन्त र शुभेच्छुक एवं नेपाली कांग्रेसप्रति हार्दिक समवेदना व्यक्त गर्दछ ।

उहाँको निष्ठा, त्याग र संघर्षमय जीवनका उदाहरणीय पक्षहरू तथा सत्मार्ग सबैले आत्मसात गर्न सक्नु नै उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने नेपाल सरकारको विश्वास रहेको छ ।

२. दिवंगत सुशील कोइरालाको अत्येष्टी राजकीय सम्मान ९क्तबतभ (State Funeral)का साथ गर्ने र तोप, सलामीलगायतका अन्य आवश्यक व्यवस्था रक्षा तथा गृह मन्त्रालयले मिलाउने।

३. उहाँको निधनमा शोक मनाउन २०७२ माघ २७ गते बुधबार १ दिन सार्वजनिक विदा दिने र २०७२ माघ २६ देखि २८ गतेसम्म तीन दिन नेपालभरका सरकारी कार्यालयहरू, विदेशस्थित नेपाली दुतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने ।

४.  २०७२ माघ २६ देखि २८ गतेसम्म कुनै पनि सार्वजनिक औपचारिक कार्यक्रम नगर्ने ।

५. २०७२ माघ २८ र २९ गते परराष्ट्र मन्त्रालयलगायत विदेशस्थित नेपाली दुतावास र नियोगहरूमा शोक पुस्तिका राख्ने। सो को व्यवस्था सम्बन्धित निकायले मिलाउने ।

६. राष्ट्रिय सम्मानसहितको अन्त्येष्टिको समग्र समन्वय माननीय गृहमन्त्रीले गर्न तोक्ने।

तपाईंको बिचार