Thursday, November 23, 2017

जनयुद्ध दिवसमा माओवादी एकता हुने सम्भावना बढ्यो

प्रकाशित मिति: 2016/02/12

काठमाडौं । एकैसाथ हातेमालो गरेर जनयुद्द लडेको माओवादी शान्तिप्रक्रियामा सहभागी भएपछि  आन्तरिक र राजनैतिक मतभेदका कारण माओवादी गुट उपगुट हुँदै बिभिन्न चरणमा टुक्रिएको थियो । तर अहिले बिभाजीत माओवादीहरु पार्टी एकताको प्रयासमा लागेका छन् । प्रचण्ड नेतृत्वको एकीकृत नेकपा माओवादी, बैध नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, मणी थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी र मातृका यादव नेतृत्वको माओवादीबीच जनयुद्ध दिवसको अवसर पारेर फागुन १ गते एकता हुने सम्भावना देखिएको छ ।

 एमाओवादी स्थाई कमिटी सदस्य लोकेन्द्र विष्टले आगामी फागुन १ मा पार्टी एकताको हरसम्भव प्रयास गर्ने बताउनुभयो । सोही दिन एकता नभए पनि आम जनतामा एकताको राम्रो सन्देस जाने विष्टको धारणा छ । पार्टी एकताका लागि प्रचण्डले अवधारणा पत्र समेत तयार पारीसकेको खुल्न आएको छ । माओवादी शक्तिहरु कमजोर भएको भन्दै युवा कार्यकर्ताहरुले पार्टी नेतृत्वलाई एकताका लागि दबाव दिन थालेपछि नेताहरु एकताको लागि छलफलमा जुटेका हुन् । तर माओवादीहरुबिच बैचारीक स्पष्टता र कार्यदिशामा भने अन्योलता कायमै छ ।  

 

तपाईंको बिचार