Friday, July 28, 2017  |    

कांग्रेसको महाधिवेशन उद्घाटन खुलामञ्चमा हुने

प्रकाशित मिति: 2016/02/14

काठमाडौं । कांग्रेस पदाधिकारीको आइतबार सिंहदरबारमा बसेको बैठकले १३औँ महाधिवेशनको उदघाटन समारोह खुलामञ्चमा र बन्दसत्र भृकुटीमण्डपमा गर्ने निर्णय गरेको छ । कांग्रेसले यसअघि दशरथ रंगशालामा महाधिवेशन उद्घाटन गर्ने तयारी गरेको थियो । तर रंगशालाभन्दा खुलामञ्च बढी सुरक्षित र उपयुक्त भएको कांग्रेसको ठहर छ । काङग्रेस पदाधिकारीहरुले खुलामञ्चको निरिक्षण समेत गरिसकेका छन् ।

तराईका ८ र हिमालका केही जिल्लामा अधिवेशन गर्न बाँकी रहे पनि सबै ठाउँमा जतिसक्दो छिटो अधिवेशन गर्ने काङग्रेसले बताएको छ ।

अधिवेशनको मध्यभागमा पार्टी सभापति सुशील कोइरालाको असामयिक निधनका कारण स्थगित भएको जिल्ला अधिवेशन फागनु १ गतेदेखि ढिलोमा फागुन १० भित्र सक्नु पर्ने कांग्रेस नेतृत्वको धारणा छ ।

 

तपाईंको बिचार