Monday, June 26, 2017  |    

प्रधानमन्त्री ओली आज भारत भ्रमणमा जाँदै।भ्रमण द्धिपक्षिय हितमा केन्द्रीत हुने

प्रकाशित मिति: 2016/02/19

काठमाडौं, फागुन ७ – प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने भ्रमणका लागि शुक्रबार भारत जाँदै हुनुहुन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आज दिउँसो ३ बजे भारत जान लाग्नुभएका प्रधानमन्त्री ओलीको भ्रमण फागुन  १२ गतेसम्म  हुने जनाइएको छ । भ्रमण टोलीमा प्रधानमन्त्री ओलीसँगै उहाँकी धर्मपत्नी राधिका, उपप्रधानमन्त्री कमल थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री शक्तिबहादुर बस्नेत र प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल लगायत सम्बन्धीत मन्त्रालयका सचिब, बिज्ञ, उच्चपदाधिकारी लगायत बिभिन्न क्षेत्रका १ सय भन्दा बढि प्रतिनिधी सहभागी हुने बताइएको छ । यसैगरी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली पनि भ्रमण दलमा रहनेछन् ।
ओलीको भ्रमणलाई लिएर भारतमा आन्तरीक तयारी पनि मजबुत पारिएको छ । नेपालको इतिहासमै छिमेकी भारतको राजकीय भ्रमण गर्ने प्रधानमन्त्री ओली दोस्रो कार्यकारी प्रमुख हुनुहुन्छ । यसअघि विक्रम संवत २०४६ को राजनीतिक परिवर्तनपछि २०४७ मा गठित सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई राजकीय भ्रमणको सम्मान दिइएको थियो भने अब लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरिएको नयाँ संविधान जारीपछिको नयाँ सरकारका प्रधानमन्त्री ओलीलाई त्यही प्रकारको सम्मान दिन लागिएको हो ।
भ्रमणका क्रममा भारतिय प्रधानमन्त्री लगायत उच्च पदस्थ अधिकारी सँग प्रधानमन्त्री ओलीले भेट गर्ने कार्यक्रम छ । भारत भ्रमणमा आफ्नो खास एजेण्डा नभएको भन्दै प्रधानमन्त्री ओलीले भ्रमण दुईदेशबिच देखीएको आन्तरीक मतभेद र  मित्रता स्थापनामा नै केन्द्रीत हुने बताउनुभयो ।
 यसका साथै आपसी सम्बन्धको चिसोपना अन्त्य, भारतको सहुलियत ऋणको उपयोग, व्यापार र पारवहन, विज्ञान, प्रविधि, स्वास्थ्य र पुनर्निर्माण, सामाजिक र सांस्कृतिक सहयोग आदानप्रदान, पञ्चेश्वर आयोजनाको शीघ्र सञ्चालन लगायत विषयमा छलफल गर्ने तयारी छ । यसका साथै भारतिय ब्यापारीहरुसँग नेपालमा लगानी बिकाशका लागी पनि प्रधानमन्त्री ओलीले छलफल गर्नुहुनेछ ।

 

तपाईंको बिचार