Thursday, April 27, 2017  |    

नयाँ शक्तिको लोगो र झण्डा बनाउनेलाई पाँच हजार

प्रकाशित मिति: 2016/02/19

नयाँ शक्तिको लोगो र झण्डा बनाउनेलाई पाँच हजार
काठमाडौ । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले आफ्नो लोगो तथा झन्डा बनाउन सार्वजनिक आह्वान गरेको छ । नेपालमा बसोबास गर्ने सबै जाति तथा क्षेत्रको प्रतिनिधित्व हुनेगरी लोगो तथा झन्डाकाप्रतिविम्बित गरिनुपर्ने नयाँ शक्तिले जानाएको  छ ।
स्वाधिनता, समतामुलक समृद्धि, समावेसी, समानुपातिक र सहभागीतामुलक लोकतन्त्र, सुशासन सहीतको सदाचार र समुन्नत समाजवादका पाँच ’स’ का आधार तथा आर्य–खस, जनजाति र मधेशको ’कलस्टर’मा आधारित झण्डा र लोगो बनाउनका लागि सम्पूर्ण डिजाइनर तथा आम जनसमुदायमा आह्वान गर्दछौं । नयाँ शक्तिले जारी गरेको विज्ञप्तिमा भनिएको छ । नयाँ शक्तिले छनोट गरेको लोगो तथा झण्डालाइ पुरस्कारस्वरुप ५ हजार रूपैया प्रदान गरिनेछ ।

 

तपाईंको बिचार