Monday, May 29, 2017  |    

गणतन्त्र नेपालीका लागी उपयुक्त नभएकोःज्ञानेन्द्र

प्रकाशित मिति: 2016/02/19

 ६६औँ प्रजातन्त्र दिवसका अवसरमा शुभकामना दिदै पूर्वराजा ज्ञानेन्द्रले नयाँ व्यवस्थाप्रति  असन्तुष्टि जनाएका छन् । राष्ट्र र गतिशीलताका लागि आफू पन्छिएर मार्ग प्रशस्त गरिदिए पनि नयाँ व्यवस्थाले अग्रगति लिन नसकेको टिप्पणी उनले गरेका छन् ।
पूर्वराजा ज्ञानेन्द्रले राष्ट्रिय एकता र प्रजातन्त्रका लागि राजसंस्थाले आमनागरिक संग मिलेर महत्वपुर्ण  भुमीका निर्वाह गरेको र अब  सबै मिलेर अघि बढ्न पनि उनले आग्रह गरेका छन् ।
उनले भनेका छन् ‘राष्ट्रA, राष्ट्रिय काठमाडौ ।ता र राष्ट्रिय गतिशीलताका लागि मैले आफू पन्छिएर पनि मार्ग प्रशस्त गरिदिएको हुँ । तर, राष्ट्रको सर्वोत्तम समुन्नतिको आकांक्षाबाट म पृथक् छैन । दुर्भाग्यवश, नेपालको राष्ट्रियता, अखण्डता र राज्य व्यवस्थाको नयाा विधि एवं प्रक्रिया नेपाल र नेपालीको हित एवं अग्रगतिका निम्ति साधक सिद्ध हुन नसक्नु सबैका लागि दुखद् हो ।’
पूर्वराजा ज्ञानेन्द्रले अहिले देशको अवस्था गतिहीन भएको र विग्रह बढेको पनि बताएका छन् । ‘अहिले देशमा गतिहीनता, संवेदनहीनता, अनेकता तथा विग्रहको अवस्था देखिएको छ । सुन्दर सपना, शान्ति तथा स्थिरताको चाहना राख्ने नेपाली जनता ज्यादै मर्माहत बनेको अनुभूति आफुले गरेको बताए ।

 

तपाईंको बिचार