Thursday, September 21, 2017

प्रधानमन्त्री ओलीलाई दिल्लीमा कालो झण्डा देखाउने बिद्यार्थीहरु रिहा

प्रकाशित मिति: 2016/02/21

९ फागुन, काठमाडौं । भारतको नयाँदिल्लीमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने विद्यार्थीहरु आज रिहा भएका छन् ।
भारत भ्रमणमा गएका प्रधानमन्त्री ओलीलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा मधेस केन्द्रित दलका विद्यार्थीहरुले कालो झण्डा देखाएका थिए । उनीहरुलाई पक्राउ गरी तिहाड जेल चलान गरिएको थियो । पक्राउ पर्नेहरुमा नेकपा माओवादीका संयोजक मातृका यादवका छोरा सूर्यकिरणसमेत छन् । पक्राउ परेकाहरुलाई रिहा गर्न माग गर्दै नेकपा माओवादीलगायत मधेस केन्द्रित दलहरुले सप्तरीको राजविराज, धनुषाको जनकपुर लगायतका स्थानमा विरोध प्रदर्शन गरेका थिए ।  

 

 

तपाईंको बिचार