Wednesday, July 26, 2017  |    

तराईमा २ प्रदेश स्वीकार्य नहुने गच्छदारको भनाई

प्रकाशित मिति: 2016/02/22

१० फागुन, विराटनगर । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष एवमं  कार्यवाहाक प्रधानमन्त्री विजयकुमार गच्छदारले मधेसी मोर्चाको सहमतिमा सीमाङकनको विवाद सामाधान गर्ने बताउनु भएको छ । ३ महिना भित्र सिमांकनको बिबाद हल गर्न सकिने भएपनि   मोर्चाले भने जस्तो तराईमा २ प्रदेश निर्माण असम्भव रहेको उहाँले बताउनुभयो ।
सुनसरीको इटहरीमा एक कार्यक्रममा सहभागी हुन जाने क्रममा आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै गच्छदारले मोर्चाको सहमतिमा नै ११ सदस्यीय समिति निर्माण गरेको बताउनुभयो ।
मोर्चाले समिति निर्माणमा असन्तुुष्टि जनाएपनि प्रधानमन्त्री केपी ओली नेपाल फर्किएपछि यस विषयमा मोर्चासँग छलफल गरी समस्या समाधान गर्ने दिशामा अघि बढ्ने गच्छदारले बताउनुभयो । यसका साथै अहिलेकै सरकारलाई राष्ट्रिय सहमतिको सरकारका रुपमा मिलाएर अगाडि लान सकिने पनि उहाँले बताउनुभयो ।
 

 

तपाईंको बिचार