Wednesday, April 26, 2017  |    

ओलीको जन्मदिन दिल्लीमा मनाईयो

प्रकाशित मिति: 2016/02/22

नयाँ दिल्ली । साता व्यापी भारत भ्रमणामा रहनुभएका  प्रधानमन्त्री  केपी शर्मा ओलीले आफ्नो ६५ औं जन्मदिन आज दिल्लीस्थित होटल ताजमा मनाउनु भएको छ । जन्मदिनको अवसरमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले प्रधानमन्त्री ओलीलाई शुभकामना दिँदै उहाँको सु–स्वास्थ्य र नेपालको सेवामा सफलताको कामना गर्नुभयो ।
संबिधानमा बिभेद गरीएको छैनः ओली

प्रधानमन्त्री ओलीले आफ्नो राजकीय भ्रमणको चौथो दिन आज   भारतीय विश्व मामिला परिषद्द्वारा सप्रु भवनमा आयोजित २१औँ प्रवचन कार्यक्रममा सम्बोधन गर्नुभयो । कार्यक्रमलाइ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले  भारत र चिन दुबै छिमेकी मुलुकसँग बिकाशका लागी परिणाममुखी साझेदारी गरी अगाडी बढ्ने बताउनुभयो ।
उहाँले संविधानले नेपाली जनताका विविधतायुक्त चाहना र भावनालाई सम्बोधन गरेको र संविधान जारी भएसँगै एक ऐतिहासिक रजनीतिक कार्यभार पूरा भएको बताउनुभयो ।    
संविधानसभाले सबै समुदाय र पक्षसँग छलफल र संवाद तथा सहमतिको प्रक्रियाबाट ९० प्रतिशत सभासद्को मतबाट संविधान बनाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सामाजिक न्याय , नागरिकता, समावेशीताका सवालमा कुनै पक्षलाइ पनि बिभेद नगरीएको बताउनुभयो ।      
दुवै देशका जनताका बृहद् लक्ष्य प्राप्तिका लागि आपसी समन्वय र सहयोगमा जोड दिँदै उनले जलस्रोत, ऊर्जा, व्यापार, पारवहन, कनेक्टिभिटी, सांस्कृतिक सम्पदा र सभ्यताका क्षेत्रमा अग्रगामी र प्रगतिशील दृष्टिकोणका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापाले संविधानमा आफ्नो पार्टीको पनि केही विषयमा फरक मत रहेपनि दुई तिहाइले पारित गरेकाले त्यसलाई ग्रहण गरेको भन्दै नयाँ संविधानले सबै समुदायलाई समेटेको बताउनु भयो । उहाँले कतिपय गलत बुझाइका कारण संविधान जारीपछि नेपाल र भारतबीचको सम्बन्धमा तिक्तता आएपनि प्रधानमन्त्री ओलीको भ्रमणबाट अस्पष्टता हटेको बताउनुभयो ।

 

तपाईंको बिचार