Saturday, August 19, 2017  |    

अनेरास्ववियुमा निर्वाचित पदाधिकारीहरुलाई जिम्मेवारी हस्तान्तरण गरीयो

प्रकाशित मिति: 2016/02/23

फागुन ११, काठमाण्डौ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का नवनिर्वाचित पदाधिकारीलाई आज जिम्मेवारी हस्तान्तरण गरिएको छ । पुरानो कमिटीका तर्फबाट अध्यक्ष किशोरविक्रम मल्लले नवनिर्वाचत अध्यक्ष नवीना लामालाई पद हस्तान्तरण गर्नुभएको हो ।
नयाँ कमिटीका तर्फबाट १४२ सदस्यीय कमिटीका हाल काठमाडौँँमा उपलब्ध भएका सबै पदाधिकारीले आज पदबहाली गरेका छन् । अनेरास्ववियुको माघ २८ देखि फागुन ९ गतेसम्म भएको २२औँ राष्ट्रिय सम्मेलनबाट लामाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।
नेकपा एमालेको विद्यार्थी फाँटका इन्चार्ज रवीन्द्र अधिकारीले अब मुलुकमा समृद्ध नेपालका लागि आवश्यक पर्ने जनशक्ति तयार गर्ने खालको शिक्षा प्रणाली अपनाउनुपर्ने बताउनुभयो । रामकुमारी झाँक्री पछि नवनिर्वाचित दोस्रो महिला अध्यक्ष लामाले देशमा गुणस्तरीय र व्यावसायिक शिक्षा कायम गराउन आफूले भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गनुभयो ।
 

 

तपाईंको बिचार