Friday, September 22, 2017

युवा नेतृत्व स्थापित गर्नका लागी राजनिति : गोबिन्द बहादुर शाह

प्रकाशित मिति: 2016/03/04

काठमाडौं । पुर्वसुचना तथा सञ्चार राज्यमन्त्री गोबिन्द बहादुर शाहले  केन्द्रीय सदस्य पदमा उमेद्धारीको घोषणा गर्नुभएको छ । अछाम रिडिकोट गाबिस अछाम–१ मा २०१७ सालमा पिता जगतबहादुर र आमा देवी शाहका कोखबाट जन्मनुभएका शाह २०३२ सालमा नेपाल बिद्यार्थी संघ मार्फत औपचारिक रुपमा नेपाली कांग्रेशमा प्रवेश गर्नुभएको थियो । २०३३ सालमा विपी कोइरालाको राष्ट्रिय मेलमिलापको नितिबाट प्रभाबित भएको भन्दै शाहले त्यसपछिका दिनमा  आफु निरन्तर रुपमा संघर्ष गर्दै अगाडि बढेको बताउनुभयो । सर्वप्रथम २०३७ सालमा सुदुरपश्चिमको डोटी क्याम्पस अन्र्तगत स्ववियू क्याम्पस सभापति बन्नुभएका शाहले त्यसपछि २०४३ सालमा नेवि संघ केन्द्रीय सदस्य बन्न सफल हुनुभएको थियो । नेपालमा लोकतन्त्रका लागि भएका आन्दोलनमा  पटकपटक जेल जिबन बिताउनु भएका शाहले २०३८, २०३९ र २०४२ सालमा तिन बर्ष जेल जिबन ब्यतित गर्नुभएको छ ।

हाल महासमिति सदस्य रहेका केन्द्रीय सदस्यका उमेद्धवार शाहले संसदिय निर्वाचनमा भने सर्वप्रथम २०४८ सालमा अछाम क्षेत्र न. २ बाट निर्वाचित हुनुभएको थियो । त्यसपछि २०५६ सालमा भएको मध्यावधि निर्वाचनमा क्षेत्र नं १ बाट बिजयी हुनुभएका शाहले त्यससमयका नेकपा एमालेका तत्कालिन उमेद्धवार भिम रावललाई पराजित गर्नुभएको थियो । २०६४ सालमा भने उहाँले पराजय बेहोर्नुप¥यो । यद्यपी निरन्तर रुपमा कांग्रेशको केन्द्रीय राजनिति पछ्याउदै अगाडि बढ्नुभएका शाहले स्वर्गीय कृष्ण प्रसाद भट्टराई नेतृत्वको सरकारको पालामा सुचना तथा सञ्चार राज्यमन्त्रीको भुमिका  निर्वाह गर्नुभएको थियो । राज्यमन्त्री रहँदा शाहले नेपालमा पहिलो पटक मोवाइल सेवा शुभारम्भ गर्ने संकेतका रुपमा प्रधानमन्त्रीलाई मोवाइल उपहार दिएर यसको थालनी गरीएको उहाँको भनाइ छ  ।

कांग्रेश महाधिवेशनको बर्तमान नेतृत्व र पार्टिभित्रको आन्तरिक राजनितिमा पछिल्लो समय देखीएको गुट उपगुटका बिषयमा भने अवको नेतृत्वले यसलाई हटाउँदै अगाडि बढ्नुपर्ने बताउनुभयो ।  पार्टिमा गुटउपगुट स्वभाबिक भएपनि यसको प्रयोग गलत ढंगबाट हुन नहुनेमा उहाँको जोड छ । आफुलाई देउवा निकट मान्ने केन्द्रीय सदस्यका उमेद्धवार शाहले पार्टिको नेतृत्वलाई सदैब गुण र दोशका आधारमा मुल्यांकन गरेर समर्थन र विरोध गर्नुपर्नेमा जोड दिनुभयो ।

आफु लामो समय देखी कांग्रेशमा निष्ठा र बैचारिक राजनितिलाई केन्द्रमा राखेर अगाडि बढेको भन्दै शाहले  केन्द्रीय सदस्यमा परेको आफ्नो उमेद्धवारीलाई आम कार्यकर्ताले मुल्यांकन गरिदिनेमा आशाबादी रहेको बताउनुभयो । कांग्रेशको नेतृत्वमा संविधान निर्माण भएको भन्दै अब यसको कार्यन्वयन र लोकतन्त्रलाई मजबुत पारि युवा नेतृत्व स्थापित गरेर अगाडि बढ्नु कांग्रेशको आजको चुनौती भएको र यसका लागि आफुलाई आमकार्यकर्ताले मुल्यांकन गरीदिने उहाँको बिश्वास छ ।

 

तपाईंको बिचार