Thursday, April 27, 2017  |    

देउवालाई ११ मत पुगेन, २ बजेबाट पुन मतदान हुने

प्रकाशित मिति: 2016/03/07

काठमाडौं ।  कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाको पार्टी सभापति जित्नका लागि आवश्यक बहुमत ( ५० प्रतिशत बढी मत) प्राप्त गर्न नसकेपछि सोमबार पुन दोस्रो पटक चुनाव हुने भएको छ । देउवालाई जित्नका लागि ११ मत अपुग भएपछि । पार्टी विधान अनुसार तीन उम्मेदवार मध्ये कसैको ५० प्रतिशत भन्दा बढी मत नआएकाले सभापति पदका लागि आज दिउँसो २ देखि ५ बजेसम्म पुन मतदान हुने निर्वाचन समितिका सचिव प्रदीप पराजुलीले जानकारी दिए ।

कांग्रेसको विधान अनुसार सभापति निर्वाचित हुन कुल मतसंख्याको ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । 

हिजो भएको निर्वाचनको मतगणना अनुसार शेरबहादुर देउवाले १५ सय ६४ मत प्राप्त गरेका थिए भने कार्यवाहक सभापति रामचन्द्र पौडेलले ११ सय ६० मत प्राप्त गरेका थिए । यस्तै महामन्त्री कृष्णप्रसाद सिटौलाले ३ सय २४ मत प्राप्त गरेका थिए । अबेर राति सुरु भएको मतगणनामा सय मत भने वदर भएको थियो । जितका लागि उम्मेदवारले १५ सय ७५ मत ल्याउनुपर्ने थियो ।

 

तपाईंको बिचार