Monday, August 21, 2017  |    

दोस्रो चरणको सभापति निर्वाचनमा क्ृष्ण सिटौला तटस्थ रहने

प्रकाशित मिति: 2016/03/07

काठमाडौं । कांग्रेसको १३ औं महाधिवशेनमा सभापतिको निर्वाचनबाट बाहिरिएका कृष्ण सिटौलाले दोस्रो चरणको निर्वाचनका लागि कसैलाई स्पष्ट समर्थन नजनाउने भएका छन् । पार्टीलाई गुटउपगुटमा विभाजन हुनबाट रोक्न आग्रह गर्दै उनले आफूलाई तटस्थ राख्ने बताएका  हुन् । 
 
आइतवारको मतदानबाट सभापति पदमा कसैको पनि निर्वा्चित हुनको लागि आवश्यक मत प्राप्त हुन सकेन,’ विज्ञप्तिमा भनिएएको छ, ’आज दोस्रो चरणको मतदान गर्ने प्रक्रियामा प्रवेश गर्दैछौ । यो अवस्थामा यदि दोस्रो चरणको मतदानमा प्रवेश गर्नु अगावै हिजो व्यक्त मतको समेत सम्मान गर्दै पार्टि्भित्र सबैको भावना समेट्ने अवस्था सुनिश्चित गर्न सकियो र मतदान गर्ने अवस्था आएन भने महाधिवेशनबाट सकारात्मक सन्देश प्रवाह हुन सक्छ भन्ने मेरो विश्वास छ ।’ उनले महाधिवेशनबाट नेतत्व छनोट गर्दा कुनै गुटमा विभाजित भएको कांग्रेस नभइ एकतावद्ध भएको काँग्रेस भएको सन्देश लिएर जानुपर्ने जनाए ।

 

तपाईंको बिचार