Saturday, March 25, 2017  |    

महामन्त्री र कोषाध्यक्षको मत गणना आज १२ बजेबाट

प्रकाशित मिति: 2016/03/08

 काठमाडौं । कांग्रेसको सभापतिको टुंगो लागेसँगै कांग्रेस केन्द्रीय निर्वाचन समितिले महामन्त्री र कोषाध्यक्षको मतगणना मंगलबार गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा नै मतगणना गर्ने तयारी गरेको निर्वा्चिन समितिले मंगलबार बिहान १० बजे महामन्त्री र कोषाध्यक्षका प्रत्याशीलाई बोलाएको छ । प्रत्याशीहरुसँगको छलफलपछि मतगणना सुरु हुने पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिए ।

महामन्त्रीमा शशांक कोइराला, अर्जुननरसिंह केसी र गगनकुमार थापा र कोषाध्यक्षमा चित्रलेखा यादव, सीतादेवी यादव, उमाकान्त चौधरी र कृष्ण कार्की प्रतिस्पर्धामा छन् । पार्टीको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा सभापति, महामन्त्री, कोषाध्यक्षसहित ६४ पदका लागि ३ सय १२ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

तपाईंको बिचार