Thursday, September 21, 2017

कांग्रेस बर्तमान सरकारमा सामेल हुनुपर्छ : नेता नेपाल

प्रकाशित मिति: 2016/03/24

रोल्पा, चैत ११ – नेकपा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कांग्रेस पनि सरकारमा सामेल हुनुपर्ने बताउनुभएको छ ।
प्रेस चौतारी नेपालले आज रोल्पाको लिबाङमा गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता नेपालले सहमति तथा संविधान कार्यान्वयनका लागि नेपाली कांग्रेस पनि यही सरकारमा आउनु पर्ने बताउनुभएको हो ।
संविधान निर्माण सबै दल मिलेर मात्र सम्भव भएको भन्दै उहाँले संविधान कार्यान्वयनको लागि सबै दलबिचमा एकता आवश्यक रहेकोमा जोड दिनुभयो ।  
संविधानमा सबै समुदाय र क्षेत्रको अधिकार समेटिएको बताउँदै उहाँले संविधान नै नहेरी विभिन्न पक्षले नागरिकलाई उचाल्ने काम गरेको उहाँले आरोप लगाउनुभयो । कार्यकर्ता प्रशिक्षणका क्रममा केहि दिनदेखि जिल्ला दौडाहामा रहेका नेता नेपालले हिजो रोल्पाको कार्यकर्ता भेलालाई सम्बोधन गर्नुभएको थियो ।

 

तपाईंको बिचार