Saturday, May 27, 2017  |    

प्रधानमन्त्री आज स्वदेश फर्कदै

प्रकाशित मिति: 2016/03/27

चैत्र १४,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कदैछन् । प्रधानमन्त्री ओली एक साता लामो चीन भ्रमण सकेर आज स्वदेश फर्कन लागेका हुन् । प्रधानमन्त्री ओली अपरान्ह ३ बजे प्रधानमन्त्री स्वदेश र्फकने कार्यक्रम रहेको छ ।

चीनमा रहँदा प्रधानमन्त्री ओलीले राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली खछ्याङलगायत उच्चस्तरीय राजनीतिक भेटघाट गरेका थिए । उनले  चीनको विभिन्न प्रान्त र शहरको पनि अवलोकन भ्रमण गरेका थिए ।

चैत ७ गते चीन भ्रमणमा गएका प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा चीनसँग १० वटा सम्झौता गरेका थिए । भ्रमणका क्रममा चीन र नेपालबीच १५ बुँदे संयुक्त विज्ञप्तिसमेत जारी भएको छ ।

तपाईंको बिचार