Monday, November 20, 2017

बार निर्वाचन भोली हुँदै, मैनाली र केसी समूहबीच मुख्य प्रतिस्पर्धा

प्रकाशित मिति: 2016/04/01

काठमाडौं । कानुन व्यवसायीहरुको पेशागत संस्था नेपाल बार एसोसिएसन केन्द्रीय कार्यसमितिको निर्वाचन भोली शनिबार हुँदैछ। निर्वाचनमा मुख्य रुपमा दुई समूहबीच प्रतिस्पर्धा हुने भएको छ ।

बृहत् प्रगतिशील, पेशागत, राष्ट्रवादी तथा गणतान्त्रिक कानुन व्यवसायी समूह नाम दिइएको समूहको नेतृत्व अधिवक्ता विजयकान्त मैनालीले गरेका छन् भने बृहत् लोकतान्त्रिक कानुन व्यवसायी समूहको नेतृत्व अधिवक्ता शेरबहादुर केसीले गरेका छन्।

मैनाली नेतृत्वको समूहले बिहीबार साँझ थापागाउँको नयाँ बानेश्वर ब्याक्वेटमा अन्तिम चुनावी सभा गरेर बारका २५ वटै पदमा विजय हासिल गर्ने उद्‍घोष गर्‍यो भने केसी नेतृत्वको समूहले सुकेधारामा रहेको कार्की पार्टी प्यालेसमा चुनावी सभा गरेर बारमा आफ्नो नेतृत्वले जित्ने घोषणा गर्‍यो।

 

तपाईंको बिचार