Thursday, March 30, 2017  |    

पौडेल कांग्रेस संसदीय दलमा उम्मेदवार बन्ने पक्का

प्रकाशित मिति: 2016/04/03

चैत्र २१, काठमाण्डौ । कांग्रेस संसदीय दलको निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी  दिने हुनुभएको छ ।  आज बसेको पौडेल पक्षीय नेताहरुको बैठकले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
पौडेल कांग्रेस महाधिवेशनमा शेरबहादुर देउवासँग सभापति पदमा पराजित हुनुभएको थियो । कांग्रेसका २ सय ७ जना सांसद छन् । महाधिवेशनको बेला संस्थापन पक्षका एक दर्जन भन्दा बढी सांसद देउवा पक्षको समर्थनमा लागेका थिए ।
पहिलो संविधानसभाको निर्वाचनपछि पौडेल देउवालाई हराउँदै संसदीय दलको नेता बन्न सफल हुनुभएको थियो ।  दोस्रो संविधानसभा निर्वाचनपछि देउवा तत्कालित सभापति सुशील कोइरालासँग संसदीय दलको नेता पदमा पराजित हुनुभएको थियो । संसदिय दलको नेता चयनका लागि यहि चैत्र २४ गते निर्वाचन हुँदैछ ।

 

तपाईंको बिचार