Friday, September 22, 2017

हत्या आरोपमा मन्त्री अग्नि सापकोटा

प्रकाशित मिति: 2016/04/05

चैत्र२३,काठमाडौं ।  द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्या आरोपमा दिएको जाहेरी अनुरूप मन्त्री अग्नि सापकोटामाथि मुद्दा नचलाइएको भन्दै पीडितका तर्फबाट दिइएको रिटमा सुनुवाइ गर्न संवैधानिक इजलासमा पठाइएको छ ।
 
रिटमा सोमबार भएको सुनुवाइपछि न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको संयुक्त इजलासले संवैधानिक इजलासमा पठाउन आदेश दिएको हो। अब यो विवाद प्रधानन्यायाधीशसहित पाँच न्यायाधीश संलग्न संवैधानिक इजलासले हेर्नेछ ।
 
सापकोटा सूचना तथा सञ्चारमन्त्रीमा नियुक्त भएपछि भएपछि २०६८ सालमा मृतक लामाकी पत्नी पूर्णीमायाले नैतिक र कानुनी प्रश्न उब्जाउँदै सर्वोच्चमा रिट दिएकी थिइन् । सापकोटाविरुद्ध काभ्रे प्रहरीमा दिएको जाहेरीमा सर्वोच्चकै परमादेशअनुरूप मुद्दा नचलाइएको दाबी रिट निवेदकको थियो । 
 
यस्तै सापकोटालाई मन्त्री पदबाट हटाउन माग गर्दै त्यतिबेला पत्रकार कनकमणि दीक्षितले पनि भिन्नै रिट दायर गरेका थिए । दुवै रिटलाई सुनुवाइका लागि संवैधानिक इजलासमा पठाइएको हो । 
 
एमालेका स्थानीय नेता रहेका लामाको माओवादी समूहबाट २०६१ सालमा अपहरणपछि एक महिनासम्म बेपत्ता बनाएर हत्या गरिएको आरोप पीडित पक्षको छ । उक्त प्रकरणमा सापकोटालाई पनि मुछिएको छ ।
 

 

तपाईंको बिचार