Saturday, May 27, 2017  |    

कांग्रेस संसदिय दलको नेतामा देउवा र पौडेलद्धारा उमेद्धवारी दर्ता

प्रकाशित मिति: 2016/04/05

चैत्र २३, काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी संसदीय दलको नेतामा आफ्नो उम्मेदवारी दर्ता गराउनु भएको छ । 
सभापति शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गरेको केहीबेरमा पौडेलले उम्मेदवारी दिएका हुन् ।
पौडेलको उम्मदेवारीमा प्रस्तावक पूर्वमहामन्त्री प्रकाशमान सिंह रहनुभएको छ भने समर्थक महामन्त्री शशांक कोइराला रहनुभएको छ । देउवाका भने प्रस्तावक फर्मुल्लाह मन्सुर र समर्थक पद्मनारायण चौधरी छन् ।
एक महिनापहिले भएको सभापति निर्वाचनमा पौडेल देउवासँग पराजित हुनभएको थियो । दलको नेताको निर्वाचन भोलि हुँदैछ । २६ गते संसदीय कार्यसमितिको निर्वाचन हुँदैछ ।

 


 

तपाईंको बिचार