Saturday, November 18, 2017

तराईमा दुई प्रदेश स्वीकार्य छैन:चुरे भावर

प्रकाशित मिति: 2016/04/15

वैशाख ३, काठमाण्डौ । चुरे भावर राष्ट्रिय एकता पार्टीले मधेसी मोर्चाको मागअनुसार तराईमा दुई प्रदेश स्वीकार्य नभएको बताएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज ज्ञापन पत्र बुझाउँदै चुरे भावर अध्यक्ष बद्रिप्रसाद मैनालीले विगतमा सरकारसँग भएका ९ बुँदे सम्झौता कार्यान्वयन गर्न पनि माग गर्नुभएको छ ।  ‘महाभारत पहाडको दक्षिण (पानीढलो)देखि चारकोशेझाडीको सम्पूर्ण खण्ड चुरेभावर प्रदेशमा रहनुपर्छ,’ मागपत्रमा भनिएको छ, ‘चुरेभावर प्रदेशको विपक्षमा प्रस्ताव गरिएको तराई मधेस दुई प्रदेश बनाउने योजना अस्वीकार्य छ । यसलाई कुनै पनि हालतमा स्वीकार गर्न सकिँदैन ।’

चुरे भावरले नेपाललाई बहुराष्ट्रिय राज्यमा परिभाषित नगर्न, विगतमा ‘मधेस आन्दोलन’का नाममा वितरण भएको नागरिकताको बारेमा उच्चस्तरीय छानविन गर्न, अंगीकृत नागरिकता लिएका नेपाली नागरिकलाई गाविस अध्यक्षदेखि केन्द्रसम्मका कुनै पनि कार्यकारी पदमा स्थान नदिन पनि माग गरेको छ । ज्ञापन पत्र बुझेपछि प्रधानमन्त्रीले चुरेभावरका मागप्रति सरकार गम्भीर रहेको प्रतिक्रिया दिए ।                                 
 


 

तपाईंको बिचार