Saturday, March 25, 2017  |    

सरकारको काम सन्तोषजनक छैन : सिटौला

प्रकाशित मिति: 2016/04/21


बैशाख ९, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य कृष्णप्रसाद सिटौलाले केपी ओली नेतृत्वको सरकारको काम सन्तोषजनक नरहेको बताउनु भएको छ । प्रेस युनियन मोरङले विराटनगरमा बिहीबार बिहान गरेको पत्रकार सम्मेलनमा सिटौलाले सरकारको आलोचना गर्नुभएको हो । उहाँले भूकम्पपछिको पुनःनिर्माणमा सरकारको अग्रसरता एकदमै नरहेको जस्तो देखिएको बताउनुभयो ।
सिटौलाले देशमा अहिले रहेका मूलभूत मुद्दालाई लिएर नेपाली कांग्रेसले अग्रसरता लिने बेला आएको पनि बताउनुभयो । कांग्रेसले अन्य दलका नेतासँग छलफल गरेर अगाडि बढ्ने बेला आएको सिटौलाले बताउनुभयो । उहाँले  संंविधानको कार्यान्वयनबाट देशलाई अगाडि लैजानुपर्ने चुनौती रहेको भन्दै धेरै ऐन, कानुनको निर्माण गर्नुपर्छ, प्रथम चरणको कार्यान्वयनमा नगई देश अगाडि बढ्न सक्दैन’, उहाँले भन्नुभयो ।

 

तपाईंको बिचार