Wednesday, March 29, 2017  |    

भारत गएका देउवाले भेटे सुस्मालाई

प्रकाशित मिति: 2016/04/21


बैशाख ९ ,काठमाडौं । श्रीमतीको उपचारका लागि भारतको राजधानी दिल्ली पुगेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र भारतीय विदेश मन्त्री स्वराजबीच बिहिबार भेटवार्ता भएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले देउवालाई नेपालबाट आएका महत्वपूर्ण पाहुना भएको उल्लेख गर्दै दुई नेताबीच भेट भएको ट्वीटरबाट सार्वजनिक गरेका छन् ।
 भेटमा उनीहरूबीच के के विषयमा कुराकानी भयो भन्ने स्वरूपले खुलाएका छैनन् । श्रीमती आरजु देउवा राणाको उपचारका लागि देउवा वैशाख ६ गते नयाँ दिल्ली प्रस्थान गरेका थिए ।

 

तपाईंको बिचार