Friday, April 28, 2017  |    

चुट्कीकै भरमा सरकार ढाल्छौं : नेता केसी

प्रकाशित मिति: 2016/04/21


बैशाख ९ , काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नेपाली कांग्रेससँग चुट्कीको भरमा बर्तमान सरकार ढाल्ने क्षमता भएको दावी गर्नुभएको छ । तर, अहिले सरकार ढालेर मात्रै समस्या समाधान नहुने भएकोले कांग्रेसले त्यसो नगर्ने उहाँको  भनाइ थियो ।
    रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा उहाँले भूकम्पपछिको पुनर्निर्माण, मधेस समस्याको समाधान, कालबजारी, तस्करी सरकारको गतिविधीको विषयमा आफूहरु सन्तुष्ट नभएको स्पष्ट पार्दै अब यस विषयलाई लिएर कांग्रेस संसद् र सडक आन्दोलनमा उत्रने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, “सरकारको कामसँग हामी सन्तुष्ट छैनौं । मुलुकको समस्यामा छलफल गर्न तत्काल संसद बोलाउनु पर्छ । सरकार गम्भीर नभए हामी संसद् चल्न नदिने मात्रै होइन, सडक आन्दोलनमा जाने सम्मको मनस्थितिमा छौँ । सरकार कुनै पनि विषयमा गम्भीर नभएकोले केन्द्रीय समितिको बैठक बसेर हामी कुन हदसम्म जानु पर्ने हो जान्छौँ ।” केसीले सुनवाई समिति नभएको अवस्थामा सरकारले एकतर्फी रूपमा राजदुत नियुक्तिको सिफारिस गरेको प्रति आफूहरुको आपत्ति रहेको भन्दै यसको कडा प्रतिरोध गर्ने चेतावनी दिनुभयो ।

 

तपाईंको बिचार