Monday, December 18, 2017

मधेसी मोर्चाले आज आन्दोलन घोषणा गर्दै

प्रकाशित मिति: 2016/04/22


वैशाख १०, काठमाडौं । संयुक्त मधेसी मोर्चासम्मिलत २७ दलीय ‘संघीय गठबन्धन’ ले आज  अपरान्ह आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ । संघीय समाजवादी फोरमको केन्द्रीय कार्यालय तीनकुनेमा आज अपरान्ह पत्रकार सम्मेलनको आयोजना गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न लागिएको हो ।

      मोर्चाका नेताहरुले केही दिन यता आन्दोलनको तयारीका लागि राजधानीमा बैठकको आयोजना गरेका थिए । यसैक्रममा विहीबार मोर्चाका नेताहरुले नेपालमा रहेका विदेशी कूटनीतिज्ञहरुसँग छलफल समेत गरेका थिए । कूटनीतिज्ञहरुसँगको छलफलको भोलिपल्ट आन्दोलनका कार्यक्रम घोषणा गर्न लागिएको हो । यसअघि मधेसी मोर्चाले सरकारलाई आफ्ना मागहरु सम्वोधन गर्नका लागि चैत मसान्तसम्मको अल्टिमेटम दिएको थियो । तोकिएको अल्टिमेटममा सरकारले माग पूरा नगरेको भन्दै मधेसी मोर्चाले केही जनजाति पार्टीहरुलाई समेत समेटेर २७ दलीय मोर्चा बनाई आन्दोलनको घोषणा गर्न लागेको हो । मोर्चाले आन्दोलनको तयारी गरिरहँदा सरकारी अधिकारीहरुले भने यो आन्दोलन असफल हुने दाबी गर्दै आइरहेका छन् ।

 

तपाईंको बिचार