Wednesday, November 22, 2017

मधेसको समस्या समाधान वार्ता र संवादबाट उपप्रधानमन्त्री : गच्छदार

प्रकाशित मिति: 2016/04/22

बैशाख १०, विराटनगर । उपप्रधानमन्त्री विजयकुमार गच्छदारले आन्दोलनको सट्टा वार्ता र संवादबाटै समाधान खोज्न मधेसवादी दललाई आग्रह गर्नुभएको छ । शुक्रवार विराटनगरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपप्रधानमन्त्री गच्छदारले वार्ता र संवादको विकल्प नभएको बताउँदै संविधान संशोधनबाट मात्र मधेसवादी दलको माग पूरा हुने स्पष्ट पार्नुभयो ।
       फोरम (लोकतान्त्रिक)का अध्यक्षसमेत रहेका गच्छदारले संविधान कार्यान्वयन चुनौतीपूर्ण रहेकाले प्रमुख राजनीतिक दलहरुबीच सहमति र सहकार्य आवश्यक भएकाले सरकारले सबै पक्षसँग वार्ता र संवाद जारी राखेको बताउनुभयो । उहाँले भन्नुभयोे,’संविधान कार्यान्वयन गर्न सरकारले सबै पक्षसँग वार्ता र संवाद जारी राखेको छ ।

 

तपाईंको बिचार