Thursday, October 19, 2017

कांग्रेसले स्टण्ट गर्यो : कानुन मन्त्री

प्रकाशित मिति: 2016/04/22


वैशाख १०, काठमाडौं । कानुनमन्त्री अग्नीप्रसाद खरेलले संसदको वर्षे अधिवेशन डाक्ने बिषयलाई अनावश्यक स्टण्ट नगर्न प्रतिपक्षी दल कांग्रेसको ध्यानाकर्षण गराएका छन् । कांग्रेसकै अनुरोधमा अघिल्लो अधिवेशन स्थगित गरिएको स्मरण गरिएको स्मरण गराउदै उनले बजेट अधिवेशनको लागि सरकारले तयारी गरिरहेको बेला छिटो सदन चाहियो भन्नु राजनीतिक स्टण्टबाजी मात्रै भएको दाबी गर्नुभयो ।
     आफ्नो कार्यकक्षमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खरेलले भन्नुभयो ,‘जेठ १५ भित्र बजेट ल्याउने संबैधानिक प्रावधान कार्यान्वयनको लागि सरकारले अबिलम्ब संसद डाक्दैछौ ।’‘एमालेको महाधिवेशनका बेला संसदमा बजेट छलफल चलिरहेको थियो । कांग्रेसले महाधिवेशनको कारण देखाउनै गरेको आग्रह अनुरुप नै अघिल्लो सदन अन्त भएको थियो’, मन्त्री खरेलको भनाई थियो । संवैधानिक प्रावधान विपरीत संसदको नियमावलीमा कुनै प्रावधान राख्न नसकिने उल्लेख गर्दै उनले नियमावली समितिलाई ‘कब्जियत’ भएको टिप्पणी गर्नुभयो ।

 

 

तपाईंको बिचार