Friday, September 22, 2017

माओवादी शक्तिलाई एकताबद्ध तुल्याउनुपर्ने अहिलेको ऐतिहासिक कार्यभारः वैद्य

प्रकाशित मिति: 2016/04/22

बैशाख १० , काठमाडौं ।  नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्यले दक्षिणपन्थी संशोधनवादका विरुद्ध वैचारिक संघर्ष  चलाउँदै सच्चा क्रान्तिकारी कम्युनिस्टसहित माओवादी शक्तिलाई एकताबद्ध तुल्याउनु अहिलेको ऐतिहासिक कार्यभार रहेको बताउनु भएको छ । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस र लेनिनको जन्म दिवसका अवसरमा आज शुभकामना वक्तव्य जारी गर्दै उहाँले  देशमा बढ्दै गएको हस्तक्षेप तथा सामन्तवर्गीय उत्पीडनका विरुद्ध नयाँ जनवादी क्रान्तिको तयारी गर्नुपर्नेमा जोड दिनुभएको छ। 
     विज्ञप्तिमा देशलाई अर्धसामन्ती र अर्धरनवऔपनिवेशिक अवस्थाबाट मुक्त तुल्याई नयाँ जनवादी क्रान्ति सम्पन्न गरी समाजवाद हुँदै साम्यवादको उद्देश्य हासिल गर्नका लागि अनेकौँ जनआन्दोलन, सशस्त्र सङ्घर्ष र १० वर्षको महान् जनयुद्धका शृङ्खला पार गर्दै आएको उल्लेख छ । अध्यक्ष वैद्यले नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको ६६ वर्ष पुगेको यस ऐतिहासिक अवसरमा क्रान्तिको बाँकी कार्यभार सम्पन्न गर्ने पुनः प्रतिबद्धता जाहेर गर्दछौ, भन्नु भएको छ । 

 

तपाईंको बिचार