Saturday, May 27, 2017  |    

दलहरूबीच राष्ट्रिय एकता आवश्यक : प्रचण्ड

प्रकाशित मिति: 2016/04/22


वैैशाख १०, दाङ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान कार्यान्वयनका लागि दलहरूबीच राष्ट्रिय एकता आवश्यक रहेको बताउनु भएको छ । शुक्रवार आयोजित नेपाल वुद्धिजिवी संगठन दाङको तेस्रो सम्मेलन  तुलसीपुरमा उद्घाटन गर्दै प्रचण्डले भभन्नुभयो,‘ संविधानको कार्यान्वयन गर्न  र मुलुकको आर्थिक क्रान्तिका लागि दलहरुबीच राष्ट्रिय एकता हुनु जरुरी छ।’  
उहाँले दलहरुबीच राष्ट्रिय एकता नभएमा मुलुकमा ठूलो राजनीतिक दुर्घटना हुन सक्ने खतरा रहेको बताउनुभयो । प्रचण्डले राष्ट्रिय एकताको नेतृत्व गर्ने जिम्मेवारी भने माओवादीको हात र काँधमा आएको दाबी गनुभयो । उहाँले माओवादी भित्रको आन्तरिक टुटफुटले पार्टी कमजोर बनेको बताउनुभयो ।  ‘विरामी पर्दा उपचार गर्ने बैद्य पनि हुनुहुन्न र डाक्टर पनि हुनुहुन्न त्यसैले एजेण्डा स्थापित हुँदा पनि माओवादी संगठनका हिसावले कमजोर बन्न पुगेको छ । मिडियाले छुटेर गएका केही पार्टीलाई ठूलो पार्टी बनेको जसरी प्रचार प्रसार गरिरहेका छन्,’उहाँले भन्नुभयो । 

 

तपाईंको बिचार