Thursday, March 30, 2017  |    

प्रम केपी ओलीलाई ‘कालो पिण्ड’

प्रकाशित मिति: 2016/04/24


बैशाख १२ , काठमाडौं ।  विवेकशील नेपाली दलले  प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो पिण्ड दिएका छन । आज कालै पहिरनमा धरहरा पुगेका उनीहरुले भूकम्पपछि पुनर्निर्माणमा सरकारले देखाएको उदासिनताको विरोध गर्दै सांकेतिक विरोध जनाएका हुन् ।
विवेकशील नेपालीको आयोजनामा युवायुवतीहरु सुन्धारादेखि भद्रकालीसम्म कालो लुगा लगाएर प्रदर्शन गरेका थिए । एक वर्षसम्म सरकारले भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि कुनै कदम चाल्न नसकेकाले सांकेतिक रुपमा विरोध गरेका हुन् । पुनर्निर्माणमा सरकारको ध्यानआकर्षण गर्न विवेकशील नेपालीले २१ दिनदेखि काठमाडौंको बिभिन्न ठाउँमा रिक्सा ¥याली गरेको थियो ।

 

तपाईंको बिचार