Saturday, March 25, 2017  |    

प्रधामन्त्रीको भोज खर्च तीन करोड

प्रकाशित मिति: 2016/04/24

वैशाख १२,काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको बागडोर सम्हालेको एक वर्ष नहुँदै आधा दर्जनभन्दा बढी भोजभतेरमा  राज्यको ३ करोड रुपैयाँ खर्चेका छन् ।
सरकारले चालु आर्थिक वर्षको बजेटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई खाजा, भोज भतेरलगायत खर्च (विविध शीर्षक) का लागि एक करोड ५० लाख रुपैयाँ दिएको दिएपनि प्रधानमन्त्री ओलीले अनावश्यक भोजभतेर गर्दा रकम अपुग भएपछि अर्थ मन्त्रालयले थप एक करोड ५० लाख रुपैयाँ निकासा दिएको छ ।
 
अर्थ मन्त्रालयले बजेट उपशीर्षक नम्बर ६०२०२३३ बाट यो रकम प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई निकासा दिएको हो । अघिल्ला प्रधानमन्त्री सुशील कोइरालाका बेला संविधान बनाउने क्रममा बालुवाटारमा धेरै बैठक आयोजना भए पनि अहिलेजस्तो खर्च भएको थिएन। अर्थ मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा यही शीर्षकमा एक करोड १३ लाख रुपैयाँ मात्र खर्च गरिएको थियो।

 

तपाईंको बिचार