Sunday, April 30, 2017  |    

शेरबहादुर देउवाको नाकको शल्यक्रिया

प्रकाशित मिति: 2016/04/24

वैशाख १२, काठमाडौं । श्रीमती आरजु राणा देउवाको स्वास्थ्य उपचार क्रममा दिल्ली उत्रिएका कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको शुक्रबार नाकको हड्डी (साइनस इन्फेक्सन) को शल्यक्रिया भएको छ ।

गुडगाउँस्थित फोर्टिज अस्पतालमा शल्यक्रिया गरेपछि थप परीक्षण एवं फलोअपका लागि मंगलबारसम्म बस्नुपर्ने भएकाले देउवा बुधबार काठमाडौं फिर्ने भएका छन् । नाकको हड्डी शल्यक्रियापछि नाकबाट हलुका रगत आउने प्रक्रिया नरोकिएकाले देउवा कुनै भेटघाटको सक्रियताबिनै फोर्टिज नजिकै अपार्टमेन्टमा बसिरहेका छन् । श्रीमती आरजुको गत बुधबार ‘जोइन्ट हिप रिप्लेसमेन्ट’ को शल्यक्रिया भए पनि उनलाई फलोअपमा फोर्टिजमै राखिएको छ ।

पूर्वप्रम देउवाका अनुसार श्रीमती आरजुले भने थप एक महिना अस्पतालको निगरानीमा गुडगाउँमै बस्नुपर्ने भएको छ । देउवाले आफ्नो पुरानो चिनजानी र हितैषी भएकाले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग मात्रै दिल्लीमा भेटवार्ता भएको बताए । उनले आफू श्रीमतीको स्वास्थ्य उपचार क्रममा आएकाले अन्य कुनै राजनीतिक भेटघाट वा कुराकानी गर्ने स्थितिमा आफू नरहेको बताए ।

तपाईंको बिचार