Saturday, March 25, 2017  |    

राप्रपा अध्यक्ष चन्द अस्पताल भर्ना

प्रकाशित मिति: 2016/04/24


वैशाख १२ , काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लोकेन्द्रबहादुर चन्द उपचारका लागि अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या आएपछि पूर्वप्रधानमन्त्री समेत रहेका राप्रपा अध्यक्ष चन्द गएराति बल्खुस्थित वयोधा अस्पताल भर्ना हुनु भएको हो । 
हर्नियासम्बन्धी समस्या देखिएपछि उपचारका लागि अध्यक्ष चन्दलाई अस्पताल भर्ना गरिएको राप्रपाका सहप्रवक्ता किरण गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार आजै चन्दको शल्यक्रिया गरिने छ ।  

 

तपाईंको बिचार