Saturday, November 18, 2017

राष्ट्रपतिद्वारा भूकम्प उद्यान शिलान्यास

प्रकाशित मिति: 2016/04/24

वैशाख १२, गोरखा । राष्ट्रपति विद्यादेवी भण्डारीले गत वर्ष वैशाख १२ को  भूकम्पको केन्द्रविन्दु गोरखा बारपाकमा भूकम्प पीडितको घर र भूकम्प स्मृति उद्यानको शिलान्यास गर्नुभएको छ । उहाँले भूकम्पमा परी निधन भएकाहरुको सम्झनामा जिल्ला दैवीप्रकोप उद्धार समितिले निर्माण गर्न लागेको स्तम्भको पनि शिलान्यास गर्नुभएको थियो । 
बारपाक वडा नं ४ र ५ को केही भाग समेटेर भूकम्पस्मृति उद्यान निर्माण गर्न लागिएको छ । यसअघि जिविसले बोटबिरुवा हुर्काएर उद्यान बनाएका ठाउँमा मृतकको सम्झना गर्दै भूकम्पस्मृति स्मृति बनाउने तयारी गरिएको हो । यस्तै राष्ट्रपति भण्डारीले एक भूकम्पपीडितको घरको शिलान्यास गर्दै गोरखा पुनःनिर्माणको शुभारम्भ पनि गर्नुभयो ।  बारपाक–४ का गोपाल विकको घर शिलान्यास गरेपछि राष्ट्रपति भण्डारीले अनुदान पाउने लाभग्राहीको नामावली  सार्वजनिक गर्नुभएको थियो । 

 

तपाईंको बिचार