Thursday, October 19, 2017

नयाँ शक्तिका केन्द्रिय सदस्य प्रहरीको फन्दामा

प्रकाशित मिति: 2016/04/25


बैशाख १३ , काठमाडौं ।  बेलायतको नम्बर प्रयोग गरी ५ लाख पाउण्डको चिठ्ठा परेको भन्दै ठगी गर्ने ओखलढुंगा दियालेका अशोककुमार थापालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । उहाँ डाक्टर बाबुराम भट्टराईले नेतृत्व गरिरहेको नयाँ शक्तिका केन्द्रीय सदस्य तथा पूर्व माओवादी कम्पनी कमाण्डर रहेको प्रहरीले पुष्टी गरेको छ ।
ठगी धन्धामा संग्लग्न अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ । उहाँले  पेप्सी मोवाइल ड्र बेलायतबाट ५ लाख पाउण्ड पुरस्कार परेको भनेर पोखराकी एक महिलालाई बेलायतकै नम्बरबाट एसएमएस गर्नुभएको थियो । सोही नम्बरबाट पटक पटक एसएमएस गरी पुरस्कार रकम नेपाल पठाउन लाग्ने आवश्यक शुल्क बैंकमार्फत पठाउन भन्नु भएको थियो । पीडित महिलाले पनि विश्वास गरी उहाँको आग्रह अनुसार सुर्यज्योती इन्भेष्टमेन्ट प्रालिको नेपाल एसबिआइ बैंक, बौद्ध शाखाको खातामा ७ लाख २५ हजार जम्मा गर्नुभएको थियो ।  पैसा जम्मा गरेपछि सम्पर्क विहीन हुनुहुन्थयो ।

 

तपाईंको बिचार