Friday, March 24, 2017  |    

बजेट अधिवेशन आगामी २१ गते बोलाउन मन्त्रिपरिषद्द्वारा राष्ट्रपतिलाई सिफारिश

प्रकाशित मिति: 2016/04/26
वैशाख १४, काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले संसदको बजेट अधिवशेन २१ गते ११ बजे बस्ने गरी बोलाउन राष्ट्रपतिलाई सिफारिश गरेको छ । यसैगरी बैठकले सशस्त्र प्रहरीको प्रमुखमा दुर्जकुमार राईलाई बढुवा गरेको छ । उहाँलाई कायममुकायमबाट प्रमुखमा बढुवा गरिएको हो । सशस्त्रका तत्कालीन प्रमुख कोषराज वन्तविरुद्ध अख्तियारले भ्रष्टाचारको मुद्दा चलाएपछि सरकारले राईलाई कायममुकायम महानिरीक्षकको जिम्मेवारी दिएको थियो । यस्तै बैठकले झुटो विवरण पेश गरेर रुपन्देहीबाट नेपाली नागरिकता लिने ३ जना भारतीय नागरिकको नागरिकता खारेज गरेको छ भने युवा परिषद्को संगठन सञ्चालनको दरबन्दी सिर्जना गरेको छ। नागरिकता खारेज हुनेमा भारतीय नागरिकहरु महेन्द्रकुमार मिश्र, अनिलकुमार मिश्र र सतिशकुमार मिश्र हुनुहुन्थ्यो । बैठकले केही सहसचिवहरुको सरुवा समेत गरेको छ । बैठकले गोरखापत्र प्रकाशनको सम्झनामा सिक्का निकाल्न राष्ट्र बैंकलाई स्विकृत समेत दिएको छ । यसैगरी बैठकले गरिब घरपरिवार पहिचान तथा परिचय पत्र वितरण समन्वय बोर्डको कार्यकारी उपाध्यक्षमा जनकलाल तिवारीलाई नियुक्त गरिएको छ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलका छोरा चिन्तन पौडेलले राजिनामा दिएपछि उक्त पद खाली थियो ।

तपाईंको बिचार