Saturday, August 19, 2017  |    

फौजदारी अभियोगलागेकाहरु नेता बन्न पाउने कानुन ल्याउदै निर्वाचन आयोग

प्रकाशित मिति: 2016/04/27

वैशाख १५,काठमाडौं । नेपालको प्रचलित कानुनअनुसार फौजदारी अभियोग लागेको  व्यक्ति कुनै पनि निर्वाचनमा उम्मेदवार बन्न पाउँदैन । तर निर्वाचन आयोगले प्रस्ताव गरेको राजनीतिक दलसम्बन्धी ऐनको संशोधन विधेयकमा भने फौजदारी अभियोगमा सजाय भुक्तान गरेका व्यक्तिले पनि दलको सदस्य हुन पाउने  उल्लेख गरिएको छ । 
मस्यौदामा नैतिक पतन देखिने फौजदारी कसुरमा पाएको सजाय भुक्तान गरेको दुई वर्ष पूरा गरिसकेको व्यक्तिसमेत दलको सदस्य बन्ने छुट दिने प्रस्ताव गरिएको छ ।

दलहरूको आर्थिक पारदर्शिता, जवाफदेहिता र समावेशीताका लागि राजनीतिक दलकै नयाँ संरचना प्रस्ताव गरेको मस्यौदामा १८ वर्ष उमेर पुगेका, लाभको पद धारण नगरेका सबै नेपालीलाई दलको सदस्य बन्न योग्य ठर्हयाइएको छ । परिमार्जनकै क्रममा रहेको मस्यौदाबारे निर्वाचन आयोगका अधिकारीहरू र राज्यव्यवस्था समितिका सदस्यहरूले बुधबार छलफल गर्दैछन्।

प्रस्तावित प्रावधान जस्ताको तस्तै अघि बढेमा भ्रष्टाचारलगायत नैतिक पतन देखिने फौजदारी अपराधमा सजाय पाएका शक्तिशाली नेताहरू राजनीतिक दलको हर्ताकर्ता बन्न सक्छन् ।  निर्वाचन आयोगका सचिव शारदाप्रसाद त्रितालले भने लोकतन्त्रमा सबै नागरिकलाई हुने राजनीतिक स्वतन्त्रताका कारण प्रस्तावित व्यवस्थालाई निरन्तरता दिइएको बताए ।    

तपाईंको बिचार