Monday, August 21, 2017  |    

संघीय विधेयक पेश गर्ने तयारी

प्रकाशित मिति: 2016/04/28


बैशाख १६ , काठमाडौं । नयाँ संविधान कार्यान्वयनका लागि बनाउनु पर्ने कानुनका १ सय ३८ वटा विषय पहिचान गरिएको बताइएको छ । संघीय संरचना सहितको गणतान्त्रिक संविधान कार्यान्वयन गर्न आवश्यक पर्ने महत्वपूर्ण कानुनहरु बनाउने विधेयक यसै पटकको संसदमा पेश गर्ने तयारी भैरहेको अधिकारीहरुले बताएका छन । तयार भएका १५ वटा विधेयकका मस्यौदामा न्यायपालिकाको पुनर्संरचना र मौलिक हक सम्बन्धी व्यवस्थाहरु रहेको र थप विधेयक पनि निर्माणको अन्तिम चरणमा रहेको बताइएको छ।
   नयाँ संविधान कार्यान्वयनका लागि बनाउनु पर्ने कानुनका १ सय ३८ वटा विषय पहिचान गरिएको छ । नयाँ संविधान कार्यान्वयनका लागि बनाउनु पर्ने कानुनका १ सय ३८ वटा विषय पहिचान गरी कानुन मन्त्रालयले त्यसलाई ३ चरणमा वर्गीकरण गरेको थियो । हालसम्म कतिपय विधेयक तयार भैसकेको र तिनलाई मन्त्रिपरिषद मार्फत संसदमा पठाउने तयारी भैरहेको छ । पहिलो चरणमा ७० वटा, दोस्रो चरणमा ३६ वटा र बाँकी विषयहरु तेस्रो चरणमा गर्ने योजना अनुरुप नै पहिलो चरणको काम भैरहेको कानुन मन्त्रालयले जनाएको छ । हालसम्म कतिपय विधेयक तयार भैसकेको र तिनलाई मन्त्रिपरिषद मार्फत संसदमा पठाउने छ । 

 

तपाईंको बिचार