Saturday, March 25, 2017  |    

राजानीतिक नियुक्ति खारेज गर्न अख्तियारको पत्र

प्रकाशित मिति: 2016/04/28

बैशाख १६,काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारले गरेका सयौं राजनीतिक नियुक्ति खारेज गर्न सरकारलाई पत्राचार गरेको छ । अख्तियारले बैशाख १५ गते निर्णय गरी गैर कानुनी रुपमा नियुक्त सिफारिस भएकाहरु खारेज गर्न पत्राचार गरेको हो ।

मन्त्रिपरिषदले गरेका निर्णयविरुद्ध अख्तियारले प्रश्न उठाउन मिल्ने अख्तियार स्रोतले  बताएको छ । अख्तियारको यो निर्णय कार्यान्वयन भएमा सयौँको संख्यामा कारवाहीमा पर्नेछन् ।
अख्तियार प्रवक्ता कृष्णहरि पुष्करले करिब ५ सय यस्ता नियुक्तिहरु खारेजीमा पर्ने जानकारी दिँदै ट्विट गरेका छन्।
 

 

तपाईंको बिचार