Thursday, March 30, 2017  |    

सहायकमन्त्री विष्ट पदमुक्त

प्रकाशित मिति: 2016/04/28

बैशाख १६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय मामिला तथा स्थानीय विकास सहायकमन्त्री विराज विष्टलाई बुधबार पदमुक्त गरेका छन् । बिहान बिष्टलाई पदमुक्त गरेका उनले दिउसो सो पदमा रेशमबहादुर लामालाई नियुक्त गर्दै पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् ।
 राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको आग्रहमा विराज विष्टलाई निलम्बन गरिएपछि लामालाई उक्त पदमा नियुक्त गरिएको हो। पार्टीको नीति विपरित अभिव्यक्ति तथा गतिविधि गरेको भन्दै विष्टलाई मन्त्री पदबाट फिर्ता बोलाउने निर्णय भएको थियो।

शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री ओलीले संयुक्त सरकारका साझेदार दल र मन्त्रीलाई त्यही भावनाका साथ पारदर्शी र निष्पक्ष भएर जनसेवामा लाग्न आग्रह गरे।

प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका केही सांसदले भूकम्पपीडितलाई एकै किस्तामा अनुदान दिनुपर्छ भनेर मौसमी राजनीति गरेको टिप्पणी गरेका थिए। उनले अघिल्लो सरकारले नै चार किस्तामा रकम दिने तय गरेकामा हाल तीन किस्तामा वितरण सुरु भएको जानकारी दिँदै यथार्थमा उभिएर राजनीति गर्न दलहरुलाई आग्रह गरे।

उहाँले अघिल्लो प्रधानमन्त्रीले साढे दुई महिनाको अवधिमा चिया, खाजा र भेटघाटमा रु दुई करोड ७४ लाख खर्च गरेको तर आफूले सात महिनामा रु ८४ लाखमात्र खर्च गरेको दाबी गर्दै सञ्चारमाध्यमलाई त्यसतर्फ ध्यानाकर्षण गराए।

प्रधानमन्त्री ओलीले पञ्चायत र लोकतान्त्रिक कालमा पनि उही व्यक्ति र प्रवृत्ति (उपप्रम कमल थापा) भन्ने टिप्पणीप्रति लक्ष्य गर्दै समय र परिस्थितिअनुसार व्यक्ति र प्रवृत्तिमा पनि परिवर्तन हुने उल्लेख गरे।
 

तपाईंको बिचार