Friday, March 24, 2017  |    

पूर्वराजा ज्ञानेन्द्र अचानक भारततिर

प्रकाशित मिति: 2016/04/29


बैशाख १७, काठमाडौं । लामो समयदेखि चुपचाप बस्नु भएको पूर्वराजा ज्ञानेन्द्र शाह अचानक भारत भ्रमणमा निस्कनु भएको छ । निजी सचिव सागर तिमिल्सिनाका साथमा उहाँ बिहीवार दिउँसो करिब साढे ४ बजे इन्डियन एयरलाइन्सबाट भारतको नयाँ दिल्ली जानुभएको छ ।  
      पूर्वराजाले सशस्त्रका निजी अंगरक्षक डीएसपी गगन श्रेष्ठ र शाही अर्दली हस्तबहादुर थापालाई पनि सँगै लग्नु भएको छ । मुलुकमा राजतन्त्र र्फकन सक्ने हल्ला चलिरहेका बेला विशेष कारण देखाउँदै पूर्वराजा अचानक भारत भ्रमणमा जानुलाई महत्वका साथ हेरिएको छ । उहाँले भारतमा उच्च राजनीतिक भेटघाट गर्ने सम्भावना रहेको दरबार उच्च स्रोतले जनाएको छ । यसअघि गएको पुसमा थाइल्याण्ड भ्रमणमा जानुभएको पूर्वराजाले भारतका उच्च राजनीतिज्ञहरुसँग थाइल्याण्डमै भेटघाट गर्नुभएको थियो । 

 

तपाईंको बिचार