Saturday, March 25, 2017  |    

पुर्ननिर्माणमा सघाउन कांग्रेसले कार्यकर्ता खटायो

प्रकाशित मिति: 2016/04/29


बैशाख १७ , काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित जिल्लामा खटाएका ईन्जिनियरलाई सहयोग गर्न कार्यकर्तालाई निर्देशन दिएको छ । प्राविधिकलाई सहयोग गर्ने उद्देश्यका साथ प्रभावित जिल्लामा पार्टीका तर्फबाट सम्बन्धित जिल्लाका नेता एवम् कार्यकर्तालाई खटाउने निर्णय गरेको कांग्रेस मुख्यसचिव ऋषिकेश तिवारीले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
     जिल्लामा खटिएर पुननिर्माण अभियानमा सहभागि भए नभएको केन्द्रीय कार्यालयले समेत अनुगमन गर्ने  विज्ञप्तिमा उल्लेख छ । “२०७२ वैशाख १२ गते गएको विनाशकारी भुकम्प र त्यसपछिको पराकम्पनहरुले मुलुकमा जनधन÷प्राकृतिक सम्पदाको ठूलो क्षति भएको र लाखौँ मानिसहरु घरबार विहिन भई खुल्ला आकाशमुनि बस्न विवश भएको कहालीलाग्दो घटनाले आज पनि हामी सबैलाई मर्माहत र दुःखीत बनाएको छ ,”विज्ञप्तिमा भनिएको छ,“हालै राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले भूकम्पबाट अति प्रभावित जिल्लाका गाउँ÷टोलहरुमा पुन निर्माणको कार्यका लागि १ हजार ३४६ इन्जिनियरहरुलाई खटाइसकेको सन्दर्भमा नेपाली कांग्रेसले पुनर्निर्माणको कार्यमा खटिएका इन्जिनियरहरु तथा जिल्ला विकास कार्यालयका प्राविधिकहरुलाई सहयोग पु¥याउने उद्देश्यका साथ प्रभावित जिल्लामा पार्टीका तर्फबाट सम्बन्धित जिल्लाका नेता एवं कार्यकर्ताहरुलाई खटाउने निर्णय गरेको छ । खटिएका इन्जिनियर र जिल्ला विकास कार्यालय प्राविधिक शाखासँग समन्वय गरी उक्त कार्यमा सम्बन्धित जिल्लाले पार्टीका सम्पूर्ण निकाय परिचालित गर्नु गराउनु हुन यसै विज्ञप्ति मार्फत निर्देश गरिन्छ । यसको सम्पूर्ण अनुगमन पार्टी केन्द्रीय कार्यालयले गर्नेछ । ” कांग्रेसले प्रत्येक टोल टोलमा २०र२० जना कार्यकर्ता खटाउने निर्णय गरेको छ । पुनर्निर्माणमा खटिदा केही समस्या आए केन्द्रीय कार्यालयमा जानकारी गराउन पनि कांग्रेसले आफ्ना कार्यकर्तालाई भनेको छ ।

 

तपाईंको बिचार