Friday, October 20, 2017

राज्य संचालनमा अवरोध नर्गन मधेशी दललाई प्रधानमन्त्रीको आग्रह

प्रकाशित मिति: 2016/04/29

वैशाख १७, विराटनगर । प्रधानमन्त्री केपी ओलीले मधेसी पार्टीहरुले गरेको आन्दोलन कालान्तरमा उनीहरुकै लागि प्रत्युत्पादक हुने बताउनु भएको छ । सुनसरीमा आयोजित एक कार्यक्रममा उहाँले चित्त नबुझेका कुरालाई वार्ताबाट समाधान गर्न सकिने भन्दै राजनीतिक अभिष्ट पूरा गर्नका लागि राज्य सञ्चालनमा अवरोध नगर्न आग्रह गर्नुभयो । 
प्रधानमन्त्री ओलीले दलगत स्वर्थका लागि संविधानको अनुपयुक्त व्याख्या गरी देशमा गलत नजीर वसाउने कोहिबाट पनि हुन नहुने प्रष्ट पार्नुभयो ।  उहाँ सरकार मधेसी मोर्चासँग वार्ता र सम्वादवाट समस्या सामाधान गर्न तयार जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले दलहरुले राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि वढ्नुको विकल्प नरहेको वताउनुभयो । भूकम्पपछिको पुनःनिर्माणको कार्यलाई गति दिन एवं संविधान कार्यान्वयको चुनैतिलाई सामाना गर्न दलहरुको एकता अत्यावश्यक रहेको प्रधानमन्त्रीको भनाइ छ ।

 

तपाईंको बिचार