Saturday, March 25, 2017  |    

कांग्रेस सभापति देउवा र सभामुख घर्तीबीच भेटवार्ता

प्रकाशित मिति: 2016/04/29


बैशाख १७ , काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख ओनसरी घर्तीबीच संसद नियमावली पारित गर्न सहमति जुटाउने सम्बन्धमा छलफल भएको छ। सभापति देउवा निवास बूढानीलकण्ठमा शुक्रबार सभापति देउवा र सभामुख घर्तीबीच संसद् नियमावली पारित गर्न सहमति जुटाउने विषयमा छलफल भएको भेटमा सहभागी काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले जानकारी दिनुभएको छ ।  
      सत्ता पक्ष र प्रतिपक्षको आ–आफ्नो अडानले संसद्का काम कारबाही सञ्चालनका लागि आवश्यक पर्ने संसद् नियमावली पारित हुन सकेको छैन । संसद् नियमावली पारित हुन नसक्दा संसद्का गतिविधिसमेत प्रभावित हुँदै आएको छ । नयाँ संविधान अनुसार संसद् नियमावली अन्तर्गत रहने संसदीय सुनुवाइ विशेष समितिको संरचनाका बारेमा निक्र्योल हुन नसक्दा संवैधानिक निकायको नियुक्तिमा समेत कठिनाइ उत्पन्न भएको छ।
। 

 

तपाईंको बिचार