Tuesday, June 27, 2017  |    

औपचारिक भ्रमणका लागि राष्ट्रपति भण्डारी २७ गते भारत जाँदै

प्रकाशित मिति: 2016/05/02


बैशाख २०, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी २७ गते भारतको औपचारिक भ्रमणमा जाने हुनु भएृको छ ।  भारत सरकारको निमन्त्रणामा २७ गतेदेखि हुने राष्ट्रपतिको भ्रमण कार्यक्रम सोमबार बस्ने मन्त्रिपरिषद बैठकले पारित गर्दैछ ।
राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माका अनुसार राष्ट्रपति भण्डारी एक साता भारतमा हुने विभिन्न कार्यक्रममा सहभागी हुनेछन् ।

    राष्ट्रपतिले २८ गते भारतका राष्ट्रपति प्रणव मुखर्जीसँग द्वीपक्षीय भेटघाट गर्ने्छिन् । यस्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री सुश्मा स्वराजसँग पनि उहाँको भेटवार्ता हुनेछ। त्यसपछि राष्ट्रपति भारतको मध्य प्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानको आयोजनामा उज्जैनमा हुन लागेको तीन दिने महिला सशक्तिकरण, पर्यावरण र ग्रामीण विकाससँग सम्बन्धित अन्तर्रा्ष्ट्रिय सेमिनारमा सहभागी हुने राष्ट्रपतिका प्रेस सल्लाहकार शर्माले जानकारी दिनुभयो ।  

 

तपाईंको बिचार