Friday, March 24, 2017  |    

फोरम लोकतान्त्रिक महाधिवेशनमा, २१ सय प्रतिनिधिले नेतृत्व छान्दै

प्रकाशित मिति: 2016/05/02


वैशाख २०, काठमाडौं । मधेसी जनअधिकार फोरम  लोकतान्त्रिकको पहिलो राष्ट्रिय महाधिवेशन सोमबारबाट विराटनगरमा सुरु हुँदैछ । महाधिवेशन तीन दिनसम्म चल्ने छ ।
    मधेसमा क्षेत्रीय राजनीतिक शक्तिको रुपमा ६ वर्षअघि उदय भएको फोरम लोकतान्त्रिकले पहिलोपटक महाधिवेशन आयोजना गरेको हो । संसदमा पाँचौं ठूलो दलको हैसियतमा रहेको लोकतान्त्रिकले प्रस्तावित १ नम्बर प्रदेशको मुख्य औद्योगिक क्षेत्र विराटनगरमा महाधिवेशन गर्न लागेको हो । विजयकुमार गच्छादार अध्यक्ष रहेको फोरम लोकतान्त्रिकले पार्टीको नाम फेर्ने तयारी समेत गरिएको छ, भने महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने छ । महाधिवेशनमा देशभरका ४२ जिल्लाका दुई हजार एक सय प्रतिनिधि, पाँच सय पर्यवेक्षक र अतिथिसहित दुई हजार ५ सयजना सहभागी हुने छन् । 

 

तपाईंको बिचार