Thursday, March 30, 2017  |    

ओलीलाई बोकेर हिड्न सकिदैनः बर्षमान पुन

प्रकाशित मिति: 2016/05/03

वैशाख २१ , काठमाडौं । एकीकृत माओवादीका सचिव बर्षमान पुनले आफुहरु केपी आलीलाई काँध थापेर अव अगाडि बढ्न नसक्ने बताएका छन । रिपोर्टस क्लबले मंगलबार काठमाडौमा गरेको साक्षात्कारमा बोल्दै पुनले सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको बरु सुशासन र आपूर्तिको अवस्था झनझन बिग्रँदै गएको गुनासो समेत गरे ।
प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सरकारको विकल्प खोज्न थालेका बेला सत्तारुढ एकीकृत नेकपा माओवादीले पनि आफूले सरकारको विकल्प खोजिरहेको बताएको हो । प्रधानमन्त्री ओलीले आफ्नो कार्यशैली सुधार नगरे पार्टी सरकारबाट बाहिरिने पुनले बताए । उनले पार्टीको स्थायी समिति बैठकले नै सरकार पूर्णरुपमा असफल भएको निष्कर्ष निकालिसकेको तथा सरकारको विकल्प खोज्ने बारेमा प्रधानमन्त्री ओलीलाई जानकारी गराइसकेको समेत बताएका हुन । सचिव पुनले संविधानलाई सर्वस्वीकार्य बनाउनका लागि असन्तुष्ट दलहरुसँग वार्ता गर्नुको साटो प्रधानमन्त्री ओली भाषणबाजी, भोजभतेर र शिलान्यासमा रमाएको आरोपसमेत लगाए ।
 
  

 

तपाईंको बिचार